? स्थायी लेखा नम्बर उल्लेख नभएको २००० भन्दा बढीको बीजक बापतको खर्च कट्टी गर्न पाइँदैन, तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा विक्रेताले प्यान नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुन्छ । त्यसैले किसानसँग खाद्यान्न खरिद गर्दा खरिद पत्र बनाई त्यसमा सम्बन्धित किसानको सही गराई खरिद गरिएको जतिसुकै रकमको पनि वास्तविक खरिद मान्य हुन्छ ।